राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
आयोगले सर्भेक्षक र अमिन पदमा १९९ जना कर्मचारी माग गरेको हो।
आयोगले करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो। करार अवधि आउँदो असार मसान्तसम्म हुनेछ।
इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ। आयोगको आज बुधबार सूचना जारीको गरेको हो।
२५ फागुन २०७८, बुधबार ०९:३८ मा प्रकाशित