१७ असाेज २०७९, सोमबार
कर्मचारी युनियनमा जाजरकोटबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित
  • मध्यमार्ग

नेपाली कांग्रेसनिकट कर्मचारीको संगठन, नेपाल निजामती कर्मचारी युनियनकाे केन्द्रीय सदस्यमा जाजरकोटबाट पहिलोपटक एकैसाथ तीन जना निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट जाजरकोटका धनबहादुर बिके,  खिमबहादुर थापा र सुधा हमाल निर्वाचित भएका हुन्।

निर्वाचितमध्ये बिके युनियनको जिल्ला सल्लाहकार हुन् भने उनी यसअघि दुईपटक केन्द्रीय सदस्य भइसकेका छन्।

यस्तै, थापा निजामती कर्मचारी युनियन, जाजरकोटका निवर्तमान अध्यक्ष हुन् भने हमाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जाजरकोटका उपाध्यक्ष हुन्।

जाजरकोटबाट कर्मचारी युनियन इतिहासमै पहिलोपटक यो संख्यामा केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो।

निर्वाचित तीनै जना केन्द्रीय सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना, हाम्रो तर्फबाट पनि।

 

  • २५ फागुन २०७८, बुधबार ०८:५० मा प्रकाशित
  • Nabintech