१७ असाेज २०७९, सोमबार
चुनाव आयो, कर्मचारी आएनन् :
निर्वाचन कार्यालय जाजरकोट सुब्बा र लेखापालविहीन
  • मध्यमार्ग

सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तय गरेको छ। जसअनुसार चुनाव हुन अब ६६ दिन मात्रै बाँकी छ।

अहिले आयोगले मतदाता नामावलीमाथि दाबी विरोधको समय राखेको छ। फागुन २६ गतेसम्म मतदाता नामावालीउपर कुनै त्रुटि भए दाबीविरोध गर्न सकिन्छ।

आयोगले दिनानुदिन चुनावको तयारी तीब्र पारेपनि जिल्ला निर्वाचन आर्यालय जाजरकोटले भने कर्मचारी अभाव भोगिरहेको छ। जसले गर्दा दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ।

एक अधिकृत (कार्यालय प्रमुख)सहित एक नायब सुब्बा, एक लेखापाल, एक कम्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी र एकजना हलुका सवारी चालकको दरबन्दी रहेको जिल्ला निर्वाचन कार्यालयमा अहिले नासु र लेखापाल छैनन्।

नासुको दरबन्दी गत पुस अन्तिम सातादेखि रिक्त छ भने लेखापाल रिक्त भएको झण्डै एक वर्ष पुग्न लाग्यो। हाल कोष तथा लेखा नियन्त्रक कार्यालयले नै लेखाको काम गरिरहेको छ।

अहिले कार्यालय प्रमुख, कम्युटर अपरेटर, करार दरबन्दीका दुई जना कार्यालय सहयोगी र एक जना सवारी चालक छन्।

कर्मचारी नहुँदा कार्यालयको प्रशासनिक काम असर परिहेको कार्यालय प्रमुख डिलबहादुर कार्कीले बताए। यद्यपि, अहिले नै धेरै समस्या परिनसकेको उनी बताउँछन्।

कार्कीले कर्मचारीको अभावका विषयमा आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराइएको बताए। आयोगले छिट्टै कर्मचारी परिपुर्ति गर्ने वचन दिएको उनको भनाइ छ।

‘अहिले नै ठूलो समस्या त परिसकेको छैन तर, अब कर्मचारी पदपुर्ति नभए समस्या बढ्दै जान्छ’,  कार्कीले भने, ‘चैत १५ भित्र आयोगले नासु पठाउने कुरा गरेको छ। लेखापाल चाहिँ बढुवा प्रक्रियाबाट वैशाखमा आउने कुरा छ।’

  • २४ फागुन २०७८, मंगलबार ०८:०९ मा प्रकाशित
  • Nabintech