१० मंसिर २०७९, शनिबार
वाणिज्य बैंकहरूले एक सातामै संकलन गरे ११ अर्ब निक्षेप
  • मध्यमार्ग

पछिल्लो तीन हप्ता यता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ। फागुनको तेस्रो सातासम्म आउँदा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

माघ मसान्तसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप फागुनको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँले थप गर्न सफल भएका थिए।

यसैगरी, गत फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब रुपैयाँ मौज्दात रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन २० गतेसम्म आइपुग्दा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।

माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कूल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन फागुनको दोस्रो साता ६ खर्ब रुपैयाँले थप भएको थियो।

  • २३ फागुन २०७८, सोमबार १९:३० मा प्रकाशित
  • Nabintech