९ असाेज २०७९, आईतबार
आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट
  • मध्यमार्ग

आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् ।

आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।

यस्तै आज नै भएकाे अर्काे खेलमा यूएईले नेपाललाई ६८ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । यूएईले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्याे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनाएकाे थियाे ।

  • १० फागुन २०७८, मंगलबार २१:१८ मा प्रकाशित
  • Nabintech