९ असाेज २०७९, आईतबार
माओवादी केन्द्रले थप्यो ९७ केन्द्रीय सदस्य, अर्को बैठक जेठ २० मा
  • मध्यमार्ग

फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना सदस्य थपिएका छन्। शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन सोमबार ती सदस्यहरु थपिएका हुन्।

‘महाधिवेशनले टुंग्याएको विधान अनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरु पूरा गर्नु थियो। त्यो पूरा गरिएको छ’, बैठकपछि नेता वर्षमान पुनले जानकारी दिए।

उनले महाधिवेशनप्रति जिम्मेवार रहँदै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीयको व्यवस्था पनि गरिएको बताए। तर, ती वैकल्पिक केन्द्रीय सदस्यचाहिँ आगामी केन्द्रीय समितिको बैठकबाट टुंगो लगाउने उनको भनाइ छ।

पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो।

यसैबीच, माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ। गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।

अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता पुनले जानकारी दिए। एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ।

माओवादी केन्द्रको बैठक गत शुक्रबारदेखि सुरु भएको हो। पदाधिकारी, केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने अपेक्षा गरिएको थियो। तर, विवाद हुने विषय भएकाले ती विषयलाई जेठमा सारिएको हो।

  • २३ फागुन २०७८, सोमबार १९:१२ मा प्रकाशित
  • Nabintech