२० असाेज २०७९, बिहीबार
स्थानीय निर्वाचनमा तालमेलका लागि कार्यदल बनाउँदै माओवादी
  • मध्यमार्ग

नकेपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर चुनावी तालमेलका लागि कार्यदल बनाउने भएको छ।

सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन लड्ने विषय टुंग्याउन कार्यदल बनाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए।

‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ।’

उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए।

  • २३ फागुन २०७८, सोमबार १९:०१ मा प्रकाशित
  • Nabintech