२० असाेज २०७९, बिहीबार
भक्तपुरमा एक व्यक्तिले गरे आफ्नै श्रीमतीमाथि एसिड आक्रमण
  • मध्यमार्ग

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित गाम्चामा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव बस्नेतका अनुसार आइतबार राति ६५ वर्षीय श्यामकुमार गुभाजुले आफ्नी श्रीमतीमाथि एसिड प्रहार गरेका हुन्।

एसिड प्रहारबाट उनकी श्रीमतीको अनुहार जलेको छ।

घाइतेको महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहार गर्ने गुभाजुलाई पक्राउ गरिसकेको एसपी बस्नेतले जानकारी दिए।

  • २२ फागुन २०७८, आईतबार २३:२४ मा प्रकाशित
  • Nabintech