बलिउड अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म ‘झुण्ड’ले प्रदर्शन भएको पहिलो दिन १ करोड ५० लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।
शुक्रबार रिलिज भएको फिल्मको पहिलो दिनको आम्दानी उत्साहजन देखिएको छैन।
बायोग्राफिक स्पोर्टस् विधामा रहेको यो फिल्मलाई दर्शक र समीक्षकहरुले राम्रो प्रतिक्रिया दिएका छन्। तर, व्यापार भने सुस्त गतिमा चलिरहेको छ। फिल्मले पहिलो सप्ताहान्तसम्ममा व्यापार बढाउने आश गरिएको छ।
नागराज मञ्जुलेको निर्देशनमा बनेको यो फिलमलाई टि सिरिज र ताण्डप फिल्मस् इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गरेको छ। फिल्ममा अमिताभसँगै रिन्कु राजगुरु, आकाश थोसार, भिक्की कदैनलगायतका कलाकारको अभिनय रहेको छ।
२२ फागुन २०७८, आईतबार २२:४३ मा प्रकाशित