१७ असाेज २०७९, सोमबार
प्रधानमन्त्री देउवाले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
  • मध्यमार्ग

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन्।

उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन बुझाइएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि बुझाएका छन्।

उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।

  • २२ फागुन २०७८, आईतबार १७:४३ मा प्रकाशित
  • Nabintech