२५ माघ २०७९, बुधबार
सत्ता गठबन्धनमा अर्लि इलेक्सनको चर्चा, मन्त्री बडू भन्छन्– प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्छ
  • मध्यमार्ग

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडूले संसद्लाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन्।

संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताएका हुन्।

सत्ता गठबन्धभित्र अर्लि इलेक्सनको बहस भइरहेका बेला मन्त्री बडूले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन्।

सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए। मन्त्री बडुले अर्लि इलेक्सनको कुरा कुनै अजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे।

मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी पनि गरे।

  • २२ फागुन २०७८, आईतबार २१:४२ मा प्रकाशित
  • Nabintech