१७ असाेज २०७९, सोमबार
अब साउदी अरेबियामा पनि नेवानिको उडान
  • मध्यमार्ग

खाडी मुलुकमध्येको साउदी अरेबियामा पनि नेपाल वायुसेवा निगमले उडान भर्ने भएको छ।

नेपाल वायुसेवा निगमलाई सोमबार साउदीको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको हो।

उडान अनुमति लिन निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितकर्मचारी साउदी गएका थिए।

निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

  • २२ फागुन २०७८, आईतबार २१:३० मा प्रकाशित
  • Nabintech