२० असाेज २०७९, बिहीबार
स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित दुई जना पक्राउ
  • मध्यमार्ग

स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन्।

हुन्डी कारोबारको आशंकामा काठमाडौंको बाफल क्षेत्रबाट अमित अग्रवाल र बिक्की खड्गी पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक करोड ५० लाख रूपैयाँ बरामद भएको पक्राउ महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी वसन्त कुँवरले बताए।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ।

  • २२ फागुन २०७८, आईतबार २०:५८ मा प्रकाशित
  • Nabintech