कलाकार पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ।
नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा शाहलाई अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो।
यसअघि ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।
१७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएकी थिइन्।
आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि (फागुन १५) गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।
२२ फागुन २०७८, आईतबार १६:१७ मा प्रकाशित