२० असाेज २०७९, बिहीबार
३९ वर्षीया महिला होटलमा मृत फेला परिन्, पक्राउ गरे २४ वर्षीय युवक
  • मध्यमार्ग

यही फागुन १७ गते सुनसरीको धरान उपमहानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा एक महिला मृत फेला परिन्। उनको पहिचान खुलेन।

पहिचान नखुलेका कारण हत्यामा संलग्न व्यक्ति पनि पक्राउ परेनन्। तर, हत्या भएकी महिलाको पहिचान भएसँगै उनको हत्यामा संग्लग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका-६ धनकुटाका २४ वर्षीय जीवन उपनामका बिनेश राना रहेका छन्। फागुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा एक जना महिला मृत फेला परेकी थिइन्।

उनी मिक्लाजुङ गाउँपालिका-१ पाँचथर घर भई हाल इटहरी-५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो।

मृतकको पहिचान खुलेसँगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फागुन २१ गते बेलुका धनकुटाको पाख्रीवास-११ बाट प्रहरीले पक्राउ गरेको हो।

हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • २२ फागुन २०७८, आईतबार १५:५३ मा प्रकाशित
  • Nabintech