नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
२२ फागुन २०७८, आईतबार १२:५५ मा प्रकाशित