स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले पुनरागमन जित निकालेको छ।
खेलमा पछि परेको स्थिति उल्ट्याउँदै रियलले रियल सोसिडाडमाथि ४–१ को सानदार पुनरागमन जित निकालेको हो।
घरेलु मैदानमा रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे। सोसिडाडका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो।
जितसँगै रियलले आफ्नो शीर्ष स्थान थप बलियो बनाएको छ। रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको स्पष्ट अग्रता लिएको छ।
रियलको २७ खेलबाट ६३ अंक पुगेको छ भने समान खेलबाटै सेभियाको ५५ अंक छ। पराजित रियल सोसिडाड ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
२२ फागुन २०७८, आईतबार ०७:४४ मा प्रकाशित